काठमाडौं, ५ जुलाई २०२६ — नेपाली चलचित्रकी चर्चित अभिनेत्री उषा रजकले आफ्नो फेसबुकमा एउटा ज्वलन्त पोस्ट लेखेकी छिन् जसले नेपाली सिनेमा उद्योग र समाजमा "सहमति (Consent)" को मुद्दालाई तत्काल उठाएको छ।
उषाको पोस्ट : पूर्ण पाठ
"यो विषयमा मेरो अन्तिम पोस्ट। यस घटनाले एउटा ठूलो प्रश्न उठाएको छ। हामीलाई अरूलाई कसरी सम्मानपूर्वक सम्पर्क गर्ने भन्नेबारे राम्रो शिक्षा चाहिएको छ। सहमति (consent) बिना गरिएको प्रयास मित्रताको परिभाषा होइन।" "साथै, रुचि व्यक्त गर्नु, अनलाइन उत्पीडन (harassment) र साइबर बुलिङबीचको फरक पनि बुझ्न आवश्यक छ। यसका लागि कडा कानुन मात्र होइन, सम्मान, मर्यादा, सीमाको सम्मान र डिजिटल जिम्मेवारी सिकाउने नैतिक शिक्षा पनि उत्तिकै आवश्यक रहेको देखिन्छ । जय नेपाल । 🇳🇵❤️🌸" "Edit: अनि यो मुद्दालाई राजनीतिकरण नगरिदिनुहोला । केहि पत्रिकाहरूले माननीय गृहमन्त्री सुदन गुरुंगलाई मानहानी गर्न मेरो यो मुद्दाको दुरुपयोग गरीरहेका छन् र म त्यसको घोर निंदा गर्दछु ।"
Comments
Post a Comment